काठमाडौं– युइएफए च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गतकोे पहिलो लेगमा इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल मड्रिड बराबरीमा रोकिएका छन। मंगलबार राति भएको खेलमा क्रिस्टियन पुसिसिसको गोलबाट चेल्सीलाई २९औं मिनेटमा बेन्जिमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको थियो। दोस्रो लेग ६ मेमा चेल्सीको मैदानमा हुनेछ । दोस्रो लेग ६ मेमा चेल्सीको मैदानमा हुनेछ । उक्त खेलमा चेल्सीलाई फाइनलमा प्रवेश गर्नको लागि बराबरीनै काफी छ भने रियलले फाइनल प्रवेशका लागि कम्तीमा पनि १–० को जित निकाल्नुपर्नेछ।
Author: gamekhabar
काठमाडाैं- काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) को आज भएको एक मात्र खेलमा ललितपुर सिटी एफसी र चितवन एफसी बराबरीमा राेकिएका छन्। ललितपुरका लागि कमल श्रेष्ठले गोल गर्दै जितको नजिक पुगेको ललितपुरलाई चितवनका अमित तामाङले पेनाल्टीमार्फत बराबरी गोल फर्काएर बराबरीमा रोकेका छन।
काठमाडाैं- आयाेजक नेपालले त्रिदेशीय टी २० क्रिकेट सिरिज जितेको छ। आज शनिबार भएकाे फाइनल खेलमा नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हाे। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रन जोड्यो। नेपालको लागि सुरु देखीनै निकै उत्कृष्ट लयमा रहेका कुशल भुर्तेलले ५३ बलमा ७७ रनको योग्दान गरे, साथै कुशल मल्ल २४ बलमा २ चौका र ५ छक्कासहित ५० रनमा अविजित रहे। त्यस्तै, दिपेन्द्र सिंह ऐरी १८ बलमा ५ चौका र ३ छक्कासहित ४८ रन बनाएर अविजित रहे। २३९ रनकाे बिशाल लक्ष्य पछ्याएकाे नेदरल्याण्ड्स १७.२ ओभरमा १० विकेट गुमाउँदै ९६ रनमै समेटियाे।
दोश्रो खेलमा पाकिस्तानलाई १९ रनले हराउदै घरेलु टोलि जिम्बाब्वेले तिन वटा टि-२० को सिरिज १-१ को बराबरी गरेको छ। टि-२० फर्म्याटमा पाकिस्तानलाई पहिलो पटक पराजित गरेको जिम्बाब्वेले पहिलो ब्याटिङ गरेर ११९ रनको लक्ष्य दिएको थियो। हरारे स्थित हरारे स्पोर्ट्स क्लबमा सम्पन्न खेलमा पाकिस्तानले १९.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो। सिरिजको तेश्रो तथा निर्णायक टि-२० आइतबार खेलिनेछ।
काठमाडाैं- थ्रि नेसन्स कप क्रिकेट सिरिजअन्तर्गत आयाेजक नेपाललाई तेस्राे खेलमा नेदरल्यान्ड्सले पराजित गरेको छ। । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पहिलो ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएपछि नेदरल्याण्ड्सलाई २०७ रनको लक्ष्य दिएको थियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रनको योगदान दिए । नेदरल्यान्ड्सविरुद्धकै पहिलो खेलमा डेब्यु गरेका कुशल भुर्तेलको यो लगातार तेस्रो अर्धशतक हो। नेपालले दिएको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमै पुरा गरेको थियो। लक्ष्य पुरा गर्ने क्रममा नेदरल्यान्ड्सले ७ विकेट गुमाएको थियो। नेदरल्याण्डका लागि बास डी लिड ले ४२ बलमा ७ चौका र ५ छक्का हिर्काउँदै ८१ रन बनाए । …
काठमाडाैं- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थ्री नेसन्स कप टी-२० क्रिकेट सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको जारी खेलमा उनले ४१ बलमा ६ चाैका र एक छक्कासहित ५२ रन बनाएका छन्। उनको यो लगातार तेस्रो अर्धशतक हो।
एजेन्सी । शनिबार राति भएको एफए कप फुटबलको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सी उपाधि नजिक पुगेको हो । चेल्सीलाई जित दिलाउन हाकिम जिएचले निर्णायक गोल गरे । मे १५ मा हुने फाइनल खेलमा चेल्सीले उपाधिका लागि लेष्टर सिटी र साउथह्याम्पटनबिचको विजेतासँग खेल्नेछ ।
४ वैशाख, काठमाडौं । नेपालले त्रिकोणात्मक अन्तराष्ट्रिय टी २० सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले हराएको छ । टी२० अन्तर्राष्टियकाे डेब्यू खेलमै अर्धशतक बनाएका कुशलले आसिफसँग पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरे । आशिफले पनि ३६ बलमा चार चौका र चार छक्काको मद्दतले अर्धशतक पुरा गरे । टस हारेर ब्याटिङको निम्तो पाएको डच टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३६ रन बनाएको थियो । सन्दीप लामिछाने ४ ओभरमा २२ रन खर्चिएर २ विकेट लिए । जवाफमा नेपालले १५ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । तस्बिर सौजन्य: CAN
३ वैशाख, काठमाडौं । नेपाली क्रिकेट टिमका अलराउण्डर पारस खड्काले शनिबार शुरु हुने त्रिकोणात्मक सिरिज नखेल्ने भएका छन् । प्रशिक्षणका क्रममा फिल्डिङ गर्दा कुममा लागेको चोटका कारण पारस खड्काले सिरिज नखेल्ने भएका छन् । नेपाल, नेदरल्याण्ड्स र मलेसियाको यो सिरिज शनिबारदेखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शुरु हुँदै छ।
२ वैशाख, काठमाडौं । वैशाख ११ देखि सुरु हुने नेपाल सुपर लिगका लागि विशाल राई मार्की प्लेअर रहेको धनगढी एफसीमा नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आइकोनिक प्लेअरको रुपमा धनगढी एफसीमा अनुबन्ध भएका छन् । एनएसएलको फ्रेन्चाइज धनगढी एफसीका मालिक सुबास शाही र किरणले सम्झौतापत्रमा विहीबार हस्ताक्षर गरेका छन। नेपाल सुपर लिगमा विराटनगर सिटी फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, धनगढी एफसी र बुटवल लुम्बिनी एफसी रहेका छन् । धनगढी एफसी: गोलकिपर : किरण चेम्जोङ, टेकेन्द्र थापा डिफेण्डर : दिनेश राजवंशी, अशोक खवास, विवेक बस्नेत, निराजन महर्जन, निशान खड्का,…