३ वैशाख, काठमाडौं । नेपाली क्रिकेट टिमका अलराउण्डर पारस खड्काले शनिबार शुरु हुने त्रिकोणात्मक सिरिज नखेल्ने भएका छन् । प्रशिक्षणका क्रममा फिल्डिङ गर्दा कुममा लागेको चोटका कारण पारस खड्काले सिरिज नखेल्ने भएका छन् ।
नेपाल, नेदरल्याण्ड्स र मलेसियाको यो सिरिज शनिबारदेखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शुरु हुँदै छ।