Author: gamekhabar

१ मंसिर, काठमाडौं । एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गरेको छ । जितको लागि १ सय ३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो। पहिलो ब्याटिङमा आएको जनकपुरले २० ओभरमा ६ बियकेट गुमाएर १ सय ३० रन बनायो।

Read More

मर्निंग फुटसल टिमले आयोजना गरेको दोस्रो यामएफटी कपको उपाधि पोखरा भेट्रांसले जीतेको छ । आयोजक तथा साविक विजेता टोली यामएएफटीलाई २-० ले पराजित गर्दै  पोखराको टोलीले उपाधि जीतेको हो । पोखराको लागि पंकज घिमिरे र अजय गुरुङले गोल गरेका थिए ।

Read More

२९ असोज, काठमाडौं ।  नेपाल लगातार दोस्रो पटक टी-२० विश्वकपका लागि छनोट भएको छ । नेपालले सुपर सिक्समा युएई र कतारलाई हराएर दुई खेल अगावै विश्वकपमा स्थान बनाएको हो। सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको नेपालले दश वर्षको प्रतिक्षापछि २०२४ मा दोस्रो पटक खेलेको थियो ।

Read More

नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी-२०आई खेलमा ऐतिहासिक जित निकालेको छ ।  शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएको हो ।

Read More

काठमाडौं । अमेरिकी क्रिकेट बोर्ड अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को निलम्बनमा पारेको छ । बारम्बार विधानअनुसारका दायित्व पूरा नगरेको  भन्दै आइसिसी बोर्ड बैठकलले अमेरिकाको सदस्यता खारेज गरेको हो । अमेरिकी क्रिकेटले शासन संरचना सुधार नगरेको, अमेरिकाको ओलम्पिक तथा प्यारा–ओलम्पिक समितिसँग राष्ट्रिय निकायको मान्यता लिन प्रगति नगरेको र विभिन्न गतिविधिले विश्व क्रिकेटमै बदनाम पारेको आरोप आईसीसीले लगाएको छ। यसअघि २०२४ को वार्षिक साधारण सभामा अमेरिकी क्रिकेटलाई ‘अन नोटिस’ मा राखिएको थियो तर निर्देशन अनुसारका सुधार नगरेकाले अहिले सदस्यबाट हटाइएको हो । सदस्यता निलम्बन भए पनि अमेरिकी राष्ट्रिय टोली भने आगामी प्रतियोगिताहरू र २०२८ मा हुने ओलम्पिकका तयारीमा सहभागी हुनेछन्। ती टिमको व्यवस्थापन…

Read More

५ असोज, काठमाडौं । वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई शृंखला खेल्न यूएई जाने नेपाल राष्ट्रिय क्रिकेट खेलाडीको भिसा आएको छ ।नेपाली टोली असोज ६ गते युएई प्रस्थान गर्नेछ। नेपाल राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई शृंखला खेल्न यूएई जाने भिसा पाएको छ।नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार विज्ञप्ति जारी गरेर खेलाडीको भिसा प्राप्त भएको जानकारी गराएको हो ।

Read More

२४ जेठ, काठमाडौं । एक वर्षअघि अमेरिका र क्यारेबियामा भएको पुरुष टी–२० विश्वकपमा सहभागिता जनाएका ओमानका अधिकांश क्रिकेट खेलाडी पुरस्कार रकम माग्दा टिमबाट निकालिए को कुरा अहिले बाहिर आएको छ। विश्वकपमा सहभागी भएबापतको पुरस्कार रकम उनीहरूले पाएका थिएनन् । ओमान क्रिकेट बोर्डले खेलाडीलाई दिइनुपर्ने २ लाख २५ हजार अमेरिकी डलर नदिएपछि त्यसबारे आवाज उठाउँदा खेलाडीहरू टिममा मात्र हैन, देश बाटनै निकाला हुनु परेको छ। सन् २०२४ को टी–२० विश्वकपमा १३औंदेखि २०औं स्थानमा पर्ने टिमहरूलाई आईसीसीले २ लाख २५ हजार डलर पुरस्कार दिने घोषणा गरेको थियो।

Read More

२२ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले स्पट फिक्सिङको आरोपमा प्रतिबन्धित क्रिकेट खेलाडी मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा गरेको छ। अब उनले पुनः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्। क्यानको इन्टेग्रिटी कमिटीले आवश्यक प्रक्रिया पुरा गरी प्रतिबन्ध फुकुवा गर्न सिफारिस गरेपछि क्यानले सो सिफारिसको आधारमा २०८२ वैशाख २१ गतेदेखि लागु हुने गरी मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा गरेको हो। २०७९ पुस ९ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुर, काठमाडौंमा क्यानले आयोजना गरेको नेपाल टी-२० क्रिकेट लिग प्रतियोगिता दौरान स्पट फिक्सिङको आरोप लागेका आलमलाई एन्टी करप्सन कोड अनुसार बमोजिम कुनैपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग…

Read More

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल प्रिमियर लिग (एनपिएल)मा भएको अनियमितता छानबिन गर्न समिति गठन गरेको छ । राखेपका सदस्यसमेत रहेका अञ्जन धमलाको संयोजकत्वमा बुधबार तीन सदस्यीय समिति गठन गरिएको हो । सदस्यमा सारंगी निरौला र कमला दाहाल रहेका छन् । सदस्यसचिवस्तरीय निर्णयअनुसारै समितिलाई १५ दिनभित्र एनपिएलमा भएको अनियमितताबारे प्रतिवेदन बुझाउन निर्देशन दिइएको हो । क्यानले एनपिएलमा अवैध रूपमा विदेशी कम्पनी ल्याउनेदेखि अपारदर्शी कारोबार गरेको भनी युवा तथा खेलकुद मन्त्रालय, राखेप तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो  ।

Read More
IPL

काठमाडौँ – आइपिएलमा आज हैदरावाद र लखनउ भिड्दै छन् ।  आज सनराइजर्स हैदरावाद र लखनउ सुपरजाइन्टबीच हुने यो खेल नेपाली समय अनुस साँझ ७ः४५ बजेदेखि शुरु हुने छ । यस आइपिएलमा सनराइजर्सले आफ्नो पहिलो खेलमा राजस्थानलाई पराजित गर्दै विजयी शुरुवात गरेको थियो भने लखनउले दिल्ली क्यापिटल्ससँग हार बेहोरेको थियो ।

Read More