Author: gamekhabar

६ चैत, काठमाडौं । यही चैत १६ गतेदेखि सुरु हुने नेपालको एकमात्र फ्रेन्चाइज फुटबल लिग ‘नेपाल सुपर लिग’ एनएसएलको तेस्रो संस्करण हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । उद्घाटन खेल दुई पूर्व विजेता ललितपुर सिटी र काठमाडौं रेजर्सबीच चैत १६ गते हुनेछ । एन्फाको प्राविधिक सहयोगमा आयोजना हुने एनएसएल २०८२ साल बैशाख १३ गतेसम्म चल्नेछ । एनएसएलमा साविक विजेता ललितपुर सिटी एफसीसहित काठमाडौं रेजर्स, झापा एफसी, एफसी चितवन, पोखरा थण्डर्स, धनगढी एफसी र बुटवल लुम्बिनी एफसीले प्रतिस्पर्धा गर्नेछ । दशरथ रंगशालमा हुने एनएसएलमा दिउँसोका खेल साढे २ बजे तथा साँझका खेलहरू ६ बजेदेखि सुरु हुनेछन् ।

Read More

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्र कन्ट्र्याक्टका लागि पुरुष तथा महिला खेलाडीहरुको नयाँ ग्रेडिङ गरेको छ। क्यानले बुधबार सार्वजनिक गरेको वर्गीकरणअनुसार पुरुषतर्फ ३३ जना तथा महिलातर्फ १९ जना खेलाडी ग्रेडिङमा समेटिएका छन्। यस्तै, यसअघि ग्रेड‘ए’मा रहेका करण केसी र कुशल भुर्तेल भने घटुवामा परेका छन्।

Read More

काठमाडौं– फोर नेसन्स इन्टरनेशनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनल खेलमा नेपाल उपविजेतामै सिमित भएको छ ।  बुधबार साँझ दशरथ रंगशालामा भएको फाइनल खेलमामा नेपाललाई म्यानमारले २–० गोल अन्तरले जित निकाल्दै च्याम्पियन बन्यो । दोस्रो हाफको ६१ औँ मिनेटमा म्यानमारले खेलमा अग्रता लियो । यू पर खियाङले टोलीका लागि पहिलो गोल गरिन् । दुई मिनेटपछि म्यानमारले अर्को गोल थप्यो ।

Read More

चितवन, पुस १९ दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आज शुक्रबार देखि सुरु भएको छ । आज प्रतियोगिताको एक कार्यक्रमका बीच भरतपुर महागनरपालिका प्रमुख रेनु दाहाल र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । सामुदायिक तथा संस्थागत गरी ४७ विद्यालयको सहभागीता रहेको प्रतियोगिता फागुन दोस्रो सातासम्म चल्ने छ । प्रतियोगितामा कुल ६१ खेल हुनेछ ।

Read More

चितवन : महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण यहाँ सुरु भएको छ । आगामी माघ ५ गतेदेखि महिला यु–१९ विश्वकप प्रतियोगिता मलेसियामा हुँदैछ । त्यसको तयारीस्वरुप भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा बुधबारदेखि प्रशिक्षण सुरु भएको हो । चितवनमा पुस २२ गतेसम्म बन्द प्रशिक्षण जारी रहने महिला यु–१९ का प्रमुख प्रशिक्षक महेशप्रसाद रिजालले जानकारी दिनुभयो ।

Read More

६ पुस, काठमाडौं । सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपीएल) मा कार पुरस्कार पाएका छन् । उनले एनपीलको नेपाली खेलाडीतर्फ प्लेअर अफ दि सिरिज बन्दै ओमोडा ई ५ कार पुरस्कार प्राप्त गरेका हुन् । त्यस्तै प्लेयर अफ दि टुर्नामेण्ट सुदूरपश्चिमका सेफ अली जैब पाए । उनले ५ लाख रूपैयाँ प्राप्त गरेका छन् ।

Read More

६ पुस, काठमाडौं । जनकपुर बोल्ट्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ ।  सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिंदै जनकपुर च्याम्पियन बनेको हो । हाई ‘स्कोरिङ’ खेलमा लाहिरु मिलान्थाले ८७ रन बनाएपछि सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गरेको हो । उपाधिसँगै जनकपुरले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । उपविजेतामा चित्त बुझाएको सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

Read More

१ पुस, काठमाडौं । सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपीएलको पहिलो क्वालिफायर खेल्ने भएको छ ।  लिग चरणको खेलको अन्तिम खेलमा कर्णाली याक्सलाई हराएपछी सुदूरपश्चिम ७ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा रह्यो । यस्तै चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्ने भएका छन् ।

Read More

चितवन । चितवनको खैरहनीमा सम्पन्न १६ वर्षमूनिको लिटिल फ्लावर कप फुटवलको उपाधी बाल्मीकी शिक्षा सदन भरतपुरले जितेको छ । नेपाल लिटिल फ्लावर सोसाइटीको आयोजनामा भएको प्रतियोगितामा सैनिक आवासिय महाविद्यालय दोस्रो र डेजी ईङ्लिस स्कुल तेस्रो भएका छन् । प्रतियोगितामा प्रथम हुने भएको बाल्मीकीले नगद ३० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र हात पार्यो । उपविवेता सैनिक आवासिय महाविद्यालय र तेस्रो स्थानमा रहेको डेजीलाई क्रमशः २० हजार र १० हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक नेपाल लिटिल फ्लावर सोसाइटीले जनाएको छ ।

Read More

२५ मंसिर, काठमाडौं । कप्तान रोहित पौडेलले ब्याट र बलमा उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । एक सय ६८ रनको लक्ष्य पछ्याएको चितवन राइनोजलाई आठ विकेट लिएर एक सय ३४ रनमा समेट्दै लुम्बिनीले ३३ रनको जित निकालेको हो। रोहितले ब्याटिङ र बलिङ दुवैमा सानदार अलारउण्ड प्रदर्शन गरेपछि लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हराउँदै पहिलो पहिलो जित हात पारेको हो । रोहितले ब्याटिङमा ८० रन बनाए भने बलिङमा ४ विकेट लिए ।

Read More