Author: gamekhabar

चितवन राइनोजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि सोमबार आफ्नो जर्सी सार्वजनिक गरेको छ । चितवन राइनोजको ‘मार्की’ खेलाडी कुशल मल्ल , भरतपुर महानगरपालिकाको मेयर रेनु दाहाल लगायतले  जर्सी सार्वजनिक गरेका थिए ।

Read More

काठमाडौं गुर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आइतवार आफ्नो जर्सी सार्वजनिक गरेको छ । काठमाडौं गुर्खाजको ‘मार्की’ खेलाडी करण केसी, टोली प्रवर्द्धक एवं पूर्वमिस नेपाल शृंखला खतिवडा र गुर्खाजका क्रिकेट एम्बासडर एवं नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान इन्दु बर्माले जर्सी सार्वजनिक गरेका थिए ।

Read More

 नेपाली यु१९ महिला राष्ट्रिय टोलीकी कप्तान पूजा महतो जनकपुर बोल्ट्सलको  फेस अफ द बोल्ट्स नियुक्त भएकी छिन् । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले सोमवार पूजालाई फेस अफ द बोल्ट्समा नियुक्त गरेको हो । केही समय अगी  पुजाको कप्तानीमा नेपाल पहिलो पटक यु १९ विश्वकपमा छनोट भएको थियो । एनपिएल नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ । एनपिएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

Read More

३० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । आयोजक क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गरेर खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो । क्यान सचिव पारस खड्काले स्टार स्पोर्ट्सबाट एनपीएलको प्रत्यक्ष प्रसारण हुने जानकारी दिएका हुन् ।

Read More

चितवन, २९ कात्तिक । नेपाल चिकित्सक संघ (एनएमए) केन्द्रीय समितिको आयोजनामा चितवनमा प्रथम एनएमए स्पोर्टस फेस्ट सुरु भएको छ । दुई दिनसम्म हुने प्रतियोगिताको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गर्नू  भएको थियो  ।संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीले प्रतियोगितामा क्रिक्सल, फुटसल, भलिबल, बास्केटबल, टेबुलटेनिस, ब्याडमिन्टन, चेस र पौडी प्रतियोगिता हुने जानकारी दिनुभयो ।

Read More

१७ कात्तिक, काठमाडौं । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गरेको छ । यससँगै नेपाल समूह विजेता हुँदै क्वाटर फाइनल पुगेको छ । नेपालसँग पराजित भएको अष्ट्रेलिया पनि क्वाटर फाइनल पुगेको छ । समूह बीमा रहेको नेपाले यसअघि पहिलो खेलमा इंग्ल्यांडलाई पराजित गरेको थियो ।  टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १०० रन मात्रै बनाउन सक्यो ।

Read More

चितवन- गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा सूर्यपुर एफसीले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । निर्धारित समयमा १-१ को बराबरीमा सकिएकोको खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो। सूर्यपुरका गोलकिपर दीपा कार्की म्यान अफ दि म्याच भए ।

Read More

काठमाडौं। पारा ओलम्पिकमा काँस्य पदक जितेकी पलेशा गोवर्धनलाई साइमेक्स इंकले डल्फिन गाडी दिएको छ। गोवर्धन पारा ओलम्पिकमा काँस्य पदक जित्ने पहिलो नेपाली खेलाडी हुन्। बीवाइडीको नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंककी प्रवन्ध निर्देशक यमुना श्रेष्ठले गाडी हस्तान्तरण गरेकी थिईन्।

Read More

शारजाह । अफगानिस्तानले पहिलो एक दिवसीय खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको छ । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य अफगानिस्तानले मात्र ४ विकेटको क्षतिमा पछ्यायो ।

Read More

काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ ।  बिहीबार बिहान सम्पन्न दोस्रो खेलमा ओमानसँग नेपाल एक विकेटले पराजित भएको हो। क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले आइसिसी विश्वकप लिग-२ मा लगातार दोस्रो हार बेहोरेको छ। यसअघि नेपाल घरेलु टोलीसँग १०३ रनले पराजित भएको थियो। नेपालले दिएको दुई सय २० रनको लक्ष्य ४९ दशमलव ५ ओभरमा नौ विकेटको क्षतिमा भेट्टाउँदै ओमानले जित हासिल गरेको हो ।

Read More