Author: gamekhabar

१८ भदौ, काठमाडौं । श्रीलंका र पाकिस्तानमा संयुक्त रुपमा जारी १६औं संस्करणको एसिया कपमा नेपालले भारतसँग खेल्न लागेको छ ।  श्रीलंकाको क्यान्डीस्थित पाल्लेकेले इन्टरनेशनल स्टेडियममा दिउँसो सवा तीन बजे देखी खेल सुरु हुने छ । । यस खेल जित्ने टिम सुपर फोरमा पुग्ने भएकाले दुवैका लागि महत्वपूर्ण छ ।

Read More

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका छन् । आज भएको  निर्वाचनमा पारसले उमेश पियालाई पराजित गर्दै बिजयी भएका थिए। । पारसले २३ मत पाउदा उमेशले १४ मत प्राप्त गरे । उपाध्यक्षमा प्रेम क्षेत्री विजयी भए । सचिवमा प्रशन्न शाक्य निर्वाचित भए । सन्जय बस्नेत कोषाध्यक्षमा निर्वाचित भए । उनले विजय बोहरालाई पछि पारे । साथै सदस्यमा अजयवीर पाण्डे, अनिल अधिकारी, सन्जोक पोखरेल, सुजन महर्जन, निरा राजोपाध्यय, धिरज श्रेष्ठ, शेखर श्रेष्ठ, बसन्तराज सत्याल र अनुजमान श्रेष्ठ निर्वाचित भए।

Read More

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंमा आजदेखि नियमित सुनुवाइ हुँदैछ।  नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । मुलुकी अपराध संहिता ऐन, २०७४ को करणीसम्बन्धी व्यवस्थामा १८ वर्षमुनिका बालिकासँग सहमतिमै यौन सम्पर्क गरे पनि बलात्कार मानिन्छ । जसमा १६ देखि १८ वर्षसम्मको बालिकासँग यौन सम्पर्क भए १० देखि १२ वर्षसम्म कैदको व्यवस्था छ ।

Read More

काठमाडौं– बलात्कार घटनामा जोडिएका क्रिकेटर सन्दीप लामिछानेलाई रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। नाबालिगलाई बलात्कार गरेको आरोप लागेको सन्दीप लामिछानेलाई न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो। नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । सन्दिपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

Read More

काठमाडौं  – कमेन्टेटर सचिन तिमल्सिनाले नेपाल टि२० लिगमा मिलेमतो भइरहेको बताएका छन् । उनले सामाजिक संजालमार्फत आफ्नो धारणा प्रस्तुत गरेका हुन् । आफुले लिगमा १० दिन कमेन्ट्री गरेका र उक्त १० दिनको अनुभवमा तिमल्सिनाले खेल दौरान धेरै घटनाले मिलेमतोलाई टेवा दिएको बताएका छन । आफुले सन्कास्पद गतिबिधीको बारेमा एन्टी करप्सन युनिटलाई जानकारी दिएको र कतै बाट पनि उचित सुनुवायी न भए पछी वाध्य भएर सामाजिक सन्जालमा बोल्नु परेको बताएका छन। साथै आफुले कमेन्ट्री गरेको पारीश्रमिक पनि न पाएको बताएका छन।

Read More

२९ मंसिर, काठमाडौं । चार महिनाअघि नेपालको प्रशिक्षक नियुक्त भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । सन् २०१८ मा नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएयताको चार वर्षमा पाँचजना प्रशिक्षक परिवर्तन भएका छन् ।

Read More

१४ मंसिर, काठमाडौं । अर्जेन्टिना गर या मर को स्थितिमा रहेको छ। कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आज समुह चरणको अन्तिम खेलमा अर्जेन्टिना र पोल्याण्डले प्रतिस्पर्धा गर्ने छन् । मध्यराति पौने १ बजे सुरु हुने उक्त खेल अर्जेन्टिनाको लागि निकै नै महत्तोपूर्ण रहेको छ। समूह सीको मेक्सिको र साउदी अरेबियाबीचको खेल पनि मध्यराति पौने १ बजे सुरु हुनेछ । यो समूहका आजका खेल जित्ने २ टिम अन्तिम १६ मा पुग्ने छन् भने हार्ने टिम घर फर्किने छन । विश्वकपको दाबेदार अर्जेन्टिना नकआउट चरणमा पुग्न आज राति पौने १ बजे पोल्याण्ड विरुद्धको खेल जित्ने पर्ने दबाव छ । अर्जेन्टिना बराबरीमा रोकियो…

Read More

बंगलादेशमा हुने १५ वर्षमुनिको साफ च्याम्पियनसिप खेल्न नेपाली टोली आज आज (शनिबार) बंगलादेश जाँदैछ । १५ वर्षमुनिको साफ महिला च्याम्पियनसिप कार्तिक १५ गतेदेखि २५ गतेसम्म बंगलादेशमा हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ, राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले खेलाडीहरुलाई बिदाइ गरेका हुन् । च्याम्पियनसिपमा घरेलुटोली बंगलादेशसहित नेपाल र भुटान गरी तीन टिमले प्रतिस्पर्धा गर्नेछन् ।  नेपालले कार्तिक १७ गते भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुआत गर्नेछ ।

Read More

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन् । दोहाबाट कतार एयरवेजको जहाजमार्फत आज बिहान नेपाल फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको हो । स्वदेश फर्किएका सन्दिपका लागि यो पटक भने अली फरक माहोल रहेको थियो। नेपाल छोडेर जादा फुलमाला र खादाले छोपिने सन्दिप, देश फर्किदा भने हत्कडीमा रहेका थिए। उनीविरुद्ध इन्टरपोललबाट ‘डिफ्युजन नोटिस’ जारी भएको थियो । सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौंको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ ।

Read More

३१ भदौ, काठमाडौं । महिला साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पल्ट भारतलाई पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि ऐतिहासिक  १–० को जित हात पारेको हो । रश्मीकुमारी घिसिङको एक मात्र निर्णायक गोलले नेपाललाई जित दिलाएको थियो।

Read More