Author: gamekhabar

चितवन । चितवनको माडीमा शुक्रबारबाट चौथो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । बसन्तपुरमा सुरु भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा नगर खेलकूद विकास समितिका अध्यक्ष रामबन्धु पोखरेल, माडी प्रहरी प्रमुख झलक शर्मा, वाई.सि.एल. नेता सन्तोष पनेरु लगायतको उपस्थिती रहेको थियो ।

Read More

१४ फागुन, काठमाडौं । मच्छिन्द्रले शनिबार अन्तिम खेलमा एपीएफलाई २-१ ले पराजित गर्दै  शहीद स्मारक ए डिभिजन लिग २०७८ च्याम्पियन बनेको छ । २०७६ मा पहिलो पटक लिग च्याम्पियन बनेको मछिन्द्रले लगातार दोस्रो पटक उपाधि जितेको हो । मछिन्द्रले लिग उपाधिसंगै नगद ७५ लाख रुपैयाँसमेत जितेको छ । शनिबारै भएकाे खेलमा मनाङ मर्स्याङ्दीसंग १-१ काे बराबरी खेल्दै त्रिभुवन आर्मी एफसीले दाेस्राे स्थान पक्का गर्‍यो । यस्तै एनआरटी नेपाल पुलिस क्लबलाई ३-१ ले हराएर तेस्राे भयाे । दोस्रो र तेस्रो भएको ले क्रमस ५० लाख र २५ लाख नगद प्राप्त गरेका छन।

Read More

काठमाडौँ-  कैलालीमा सम्पन्‍न नेपाल क्रिकेट संघ (क्यान)को साधारण सभाले कर्णाली प्रदेशका सल्यान, रुकुम पश्चिम, दैलेख र कालिकोटलाई  सदस्यको मान्यता दिएको छ । धनगढि, कैलालीमा सम्पन्न नेपाल क्रिकेट संघको बार्षिक साधारणको उद्घाटन सत्रमा माननीय युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराज, नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मी, पूर्व उपाध्यक्ष एवम् सल्लाहकार नरेश श्रेष्ठ, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक बहादुर सिंह, युवा तथा खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मीले शुभकामना मन्तव्य प्रदान गरेका थिए।

Read More

१० फागुन, काठमाडौं । नेपालको टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ । यसअघि सन् २०१४ मा नेपालले बंगलादेशमा ऐतिहासिक विश्वकप खेलेको नेपाल युएईसँग ६८ रनले पराजित हुँदै आईसीसी टी–२० विश्वकप छनोट हुनबाट बञ्चित भएको छ। युएईविरुद्ध १७६ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रनमात्र बनाउन सक्यो । युएईका लागि ओपरन मोहमद वासीमले अर्धशतक प्रहार गरे। उनले ७० रन जोडे। बलिङमा नेपालका जितेन्द्र मुखिया र अभिनास बोहराले ३-३ विकेट लिए। कप्तान सन्दीप लामिछानेले १ विकेट हात पारे। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाए ।

Read More

९ फागुन, काठमाडौं । नेपाल आईसीसी टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडालाई हराउँदै नेपाल समूह बी बाट विजेता बन्दै आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको छ ।  क्यानडाले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.१ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो। फाइनल प्रवेशका लागि नेपालले युएईसँग खेल्ने भएको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा क्यानडाले  ८० रन बनाएको थियो।  क्यानडाका लागि डिलन हेलिगरले २२ बलमा १ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक २४ रन बनाए। क्यानडाले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.१ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि ओपनर कुशल…

Read More

काठमाडौं :  ११ खेलबाट २९ अंक जोडेको मछिन्द्र फुटबल क्लबले शहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जितेको छ । शहिद स्मारक ए डिभिजन लिगको ११ औं चरण अन्तर्गत खेलमा सातदोबाटो युथ क्लबलाई पराजित गर्दै मछिन्द्रले उपाधि जितेको हो । सातदोबाटोबिरुद्ध मछिन्द्रलाई जित दिलाउन फरवार्ड नोर्लान नोभ्रुजोभले निर्णायक गोल गरेका हुन् । मछिन्द्रले लगातार दोश्रो पटक लिगको उपाधि जितेको हो ।

Read More

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार मछिन्द्र क्लब र च्यासल युथ क्लबबीच खेल चलिरहँदा खेलको ६५ औं मिनेटमा यान्निक केच्चासँग ठोक्किएपछि मनिष डाँगी मैदानमै ढलेर बेहोस भएका थिए। मनिष डाँगी बेहोस् हुँदा डाक्टर नराखेको भन्दै एन्फाको सबैले आलोचनासमेत गरेका थिए।  एन्फाले अहिले उक्त घटनाको जवाफ दिदै डाक्टर उक्त समय सौचालय गएको भनेर गोल्मटोल जवाफ दिएको छ। मनिष ढलेपछि सुरुमा मैदानमा फिजियो थेपारापिस्ट नवीना वैद्य श्रेष्ठ र फिजयो सुरज भुसाल पुगेका थिए। निकै तनाब पूर्ण रहेको त्यो समयमा खेलाडीहरु डाक्टर भन्दै कराइरहेका थिए।

Read More

काठमाडौं- चार देशीय टी२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला अन्तर्गत सोमबार भएको अन्तिम खेलमा नेपाल आयरल्यान्डसँग  १६ रनले पराजित भएको छ। ओमान क्रिकेट एकेडेमीमा टस हारेर ब्याटिङ गरेको आयरल्यान्ड २० ओभरमा १२७ रनमा अलआउट भयो। १२८ रनको लक्ष्य पछाएको नेपालले  १११ रन मात्र बनाउन सक्यो। नेपालका लागि दीपेन्द्रसिंह ऐेरीले सर्वाधिक २८ रन बनाए। आयरल्यान्डको तर्फबाट जर्ज डोक्रेलले सर्वाधिक २८ रन बनाए।

Read More

काठमाडौं–ओमानसँगको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको छ। चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आयोजक ओमानले दिएको १३६ रनको लक्ष्य नेपालले ३ बल बाँकी रहँदै ४ विकेटको क्षतिमा पूरा गरेको हो।  नेपालको जितका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७३ रनको योगदान दिए।  टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले १३५ रन बनाएको थियो । ओमानका कप्तान जिशान मकसुदले अविजित ४३ रन बनाए । नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए ।

Read More

भारतले पाँचौ पटक यु १९ विश्वकपको उपाधि जितेको छ। १९० रनको लक्ष्य पछ्याएको भारतले ४७.४ ओभरमा ६ विकेट गुमाउँदै इङ्ल्याण्डलाई हराउँदै उपाधि जितेको हो। भारतको जितमा उपकप्तान शेख रशीद र अलराउण्डर निशान्त सिन्धुले अर्धशतक बनाए।

Read More