काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार मछिन्द्र क्लब र च्यासल युथ क्लबबीच खेल चलिरहँदा खेलको ६५ औं मिनेटमा यान्निक केच्चासँग ठोक्किएपछि मनिष डाँगी मैदानमै ढलेर बेहोस भएका थिए। मनिष डाँगी बेहोस् हुँदा डाक्टर नराखेको भन्दै एन्फाको सबैले आलोचनासमेत गरेका थिए। एन्फाले अहिले उक्त घटनाको जवाफ दिदै डाक्टर उक्त समय सौचालय गएको भनेर गोल्मटोल जवाफ दिएको छ। मनिष ढलेपछि सुरुमा मैदानमा फिजियो थेपारापिस्ट नवीना वैद्य श्रेष्ठ र फिजयो सुरज भुसाल पुगेका थिए। निकै तनाब पूर्ण रहेको त्यो समयमा खेलाडीहरु डाक्टर भन्दै कराइरहेका थिए।
