काठमाडौं– यो वर्षको बालोन डी ओर अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेस्सीले जितेका छन् । यो सिजन बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन गएका उनले उनले यो अवार्ड कीर्तिमानी सातौ पटक जितेका हुन् । यसअघि उनले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा सो अवार्ड जितेका थिए। मेस्सीले यो वर्ष अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताउन मदत गरेका थिए । फ्रेन्च फुटबलले खेल पत्रकार, राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकहरुको भोटको आधारमा विजेता घोषणा गरेको हो। महिलातर्फको बालोन डीओर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् ।
Author: gamekhabar
चितवन । यु–१९ बागमती प्रदेश छनौट प्रतियोगिताको उपाधि चितवनले जितेको छ ।फाइनल खेलमा ललितपुरलाई ४८ रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो । आज काठमाडौंको मुलपानि क्रिकेट रंगशालामा भएको फाइनल खेलमा चितवनले टस जितेर २१६ रनको योगफल तयार गरेको थियो । चितवनका लागिसोपनिल अधिकारीले ४० रन र फाइनल खेलका म्यान अफ द म्याच सुयान्सु कोइरालाले चितवनकालागि ६८ रनको योगदान गरे । २१७ रनको विजय लक्ष पाएको ललितपुरले लक्ष्य पछयाउने क्रममा मात्र १६८ रन मा सिमित भयो। प्रतियोगितामा म्यान अफ द सिरिज चितवनका प्रतिक श्रेष्ठ चयन भए, सर्वाधिक रनकर्ता र इमर्जिङ खेलाडीको उपाधि चितवनकै सूयान्सु कोइरालाले हात पारे ।
२३ असोज, काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) को उपाधि चितवन टाइगर्सले जितेको छ । काठमाडौंको कीर्तिपुरमा शनिबार भएको चौथो संस्करणको फाइनल खेलमा चितवन टाइगर्सले ४ विकेटले जितेको छ । पोखरा राइनोजले दिएको ११२ रनको झिनो लक्ष्य १५.५ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्दै जित हासिल गरेको हो। चितवनको तर्फ बाट भीम सार्कीले ६३ रनको योगदान गरे । उनले ४५ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए।
काठमाडौं- नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ कात्तिक २९ गतेदेखि हुने भएको छ। उक्त प्रतियोगितामा तीन विभागीय टिमसहित करिब २५० खेलाडीको सहभागिता रहने छन्। पुरुषमा १३ र महिलामा ८ गरी जम्मा २१ स्पर्धामा प्रतिस्पर्धा हुने छ।
१९ असोज, काठमाडौं । पहिलो खेलमा आयोजक माल्दिभ्सलाई हराएको नेपालले माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा श्रीलङ्कालाई पनि पराजित गरेको छ । नेपालले श्रीलङ्कालाई ३-२ गोलअन्तरले पराजित गरेको हो । नेपालका लागि सुमन लामा (३३औँ मिनेट), अन्जन विष्ट (५१औँ मिनेट) र आयुस घलानले (८६औँ मिनेट) एक/एक गोल गरे । श्रीलङ्का लागि मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक/एक गोल गरे ।
शुक्रबार राति भएको साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १-० गोलले पराजित गरेको छ । ६९ मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान छिरेका मनिष डाँगीले ८६ मिनेटमा उत्कृष्ट गोल गरेका थिए। साफ च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ। अब हुने नेपालको खेल तालिका: नेपाल भर्सेस श्रीलंका – असोज १८ गते – राति ९:४५ बजे नेपाल भर्सेस भारत – असोज २४ गते – राति ९:४५ बजे नेपाल भर्सेस बंगलादेश – असोज २७ गते – अपरान्ह ४:४५ बजे
एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्स ११ ले पहिलो खेलमा नै साविक विजेता ललितपुर प्याट्रियोट्सलाई सात विकेटले हरायो । कीर्तिपुर मैदानमा यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ५७ रन बनायो । ललितपुरले दिएकाे १५८ रनकाे लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्दै एभरेष्ट प्रिमियर लिगमा विजयी सुरुवात गरेकाे छ । । काठमाडौंकाे जितमा जिम्बाब्बेका बर्लले अविजित रहँदै सर्वाधिक ७३ रन बनाए । यस्तै अफगानिस्तानका गुर्बाजले ५९ रन बनाए ।
एभरेस्ट प्रिमियर लिगको चौंथो संस्करण असोज ९ गते देखि कीर्तिपुर स्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ। यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ। एभरेस्ट प्रिमियर लिग खेलतालिका सेप्टेम्बर २५: काठमाडौँ किंग्स-११ vs ललितपुर पेट्रिएट्स सेप्टेम्बर २६: बिराटनगर वारियर्स vs चितवन टाइगर्स सेप्टेम्बर २६: भैरहवा ग्ल्याडीएटर्स vs पोखरा राइनोज सेप्टेम्बर २७: काठमाडौँ किंग्स-११ vs बिराटनगर वारियर्स सेप्टेम्बर २७: चितवन टाइगर्स vs भैरहवा ग्ल्याडीएटर्स सेप्टेम्बर २८: पोखरा राइनोज vs काठमाडौँ किंग्स-११ सेप्टेम्बर २९ ललितपुर पेट्रिएट्स vs पोखरा राइनोज सेप्टेम्बर २९: भैरहवा ग्ल्याडीएटर्स vs बिराटनगर वारियर्स सेप्टेम्बर ३०: चितवन टाइगर्स vs काठमाडौँ किंग्स-११ अक्टुबर १:…
काठमाडौं- पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने भएका छन्। ईपीएलका लागि नेपाल आएका पाकिस्तानी भुतपुर्व अन्तरराष्ट्रिय खेलादी अफ्रिदीले राष्ट्रपति भण्डारीसँग अफ्रिदीले भोलि (शुक्रबार ) भेट भएका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले एभरेष्ट प्रिमियर लिग (ईपिएल) टि-२० क्रिकेट नखेल्ने भएका छन् ।ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै खेल्न नसक्ने बताएका छन् । ललितपुर प्याट्रीयट्सले बिहीबार ज्ञानेन्द्रले चौंथो संस्करणको प्रतियोगिता नखेल्ने जनाएको छ । ज्ञानेन्द्र मल्ल ललितपुर प्याट्रीयट्सको कप्तान समेत रहेका थिए र अघिल्लो संस्करणको ललितपुरले उनको कप्तानीमा उपाधि जितेको थियो ।