२३ साउन, नेपाल क्रिकेट संघ क्यानले मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । रणजी खेलाडी प्रभाकरले भारतका लागि ३९ टेस्ट म्याच र १३० एक दिवसीय खेलेका छन् । यसअघि मनोजले अफगानिस्तानको क्रिकेट टिमलाई प्रशिक्षण गरेका थिए । क्यानका अनुसार प्रभाकारसँग एक वर्षको करार गरिएको छ ।
Author: gamekhabar
३ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय राष्ट्रिय टिमको प्रदर्शन निरन्तर खस्किँदै गएपछि पुबुदुले पद छाड्ने घोषणा आँकलन गरिएको थियो । उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए ।
काठमाडौँ – नेपाल क्रिकेट संघले अप्रिल १ तारिखदेखि लागू हुने गरी राष्ट्रिय क्रिकेट टिमका पुरुष तथा महिला खेलाडीहरुको मासिक पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ । खेलाडी सँगै मैदान कर्मचारीहरू, मैदान कार्यालय सहयोगी र टियु मैदान पिच क्युरेटरहरुको पनि मासिक पारिश्रमिक वृद्धि हुने भएको छ। मंगलबार बसेको क्यानको बोर्ड बैठकले उनीहरुको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो । क्यानको निर्णय अनुसार ‘ए’ ग्रेडका खेलाडीले ६० हजार, ‘बी’ ग्रेडका खेलाडीले ५० हजार र ‘सी’ ग्रेडका खेलाडीले ४० हजार रुपैयाँ पाउनेछन् । यसअघि ‘ए’ ग्रेडका खेलाडीले ५० हजार, ‘बी’ ग्रेडका खेलाडीले ४० हजार र ‘सी’ ग्रेडका खेलाडीले ३० हजार पाउँदै आएका थिए…
काठमाडौं – नेपाली लेग स्पीनर सन्दीप लामिछाने द हन्ड्रेड लिगमा बिक्री हुन सकेनन् । मंगलबार भएको अक्सनमा द हन्ड्रेडको ड्राफ्टबाट कुनै पनि टिमले उनलाई चासो देखाएनन्। सन्दीपले ड्राफ्टमा आफ्नो मूल्य ६० हजार पाउण्ड राखेका थिए।
चितवन, चैत १४- लगातार क्रिकेट प्रतियोगिताको आयोजना हुँदै गएको चितवनमा फेरी अर्को क्रिकेट प्रतियोगिता सुरु भएको छ। आज देखि भरतपुर मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्नु भएको प्रतियोगितामा चितवन, मकवानपुर र नवलपुर गरी तीनवटा समुह सहभागी भएका छन् । आज पहिलो खेल चितवन र नवलपुर बिच हुँदै छ।
चितवन, चैत १२– प्रथम भरतपुर मेयर कप तीन दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि मकवानपुर लाई पराजित गर्दै चितवनले जितेको छ । २२३ रनको लक्ष्य पछ्याएको मकवानपुर १४४ रनमै अलआउट भएको थियो । पहिलो इनिङमा चितवनले ५५ ओभरमा ९ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । पहिलो इनिङमा मकवानपुर पहिलो इनिङमा मकवानपुर १३८ रनमा अलआउट हुन पुग्यो ।
फिफा विश्वकप यसै वर्षको नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारको विभिन्न सहरमा आयोजना हुँदैछ । फिफा विश्वकप २०२२ को लागि टिकट बिक्री दोस्रोपटक २३ तारिक दिउँसो १ बजे देखि २९ मार्च दिउँसो १२ बजे सम्मका लागि खोलिने भएको छ । टिकट https://www.fifa.com/tickets बाट अनलाइन खरिद गर्न सकिनेछ । यसअघि फिफाले गएको फेब्रुअरी ८ सम्म टिकट बिक्री खुला गरेको थियो ।
प्रथम बागमती प्रदेश खेलकुदको पुरुष क्रिकेट अन्तर्गत आज भएको खेलमा चितवन जिल्लाले नुवाकोटलाई १०५ रनले हराएको छ। पहिलो ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर २१८ रन बनाएको थियो। नुवाकोटले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर ११३ रन मात्रै बनाउन सक्यो । म्यान अफ दि म्यास समेत घोषित भएका प्रतिक श्रेष्ठले चितवनको लागि ७१ रनको योगदान दिए
चितवन : प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत चितवनमा जारी महिला क्रिकेटमा आज भएको फाइनल खेलमा काठमाडौं विजयी भएको छ। गौतम बुद्ध रङशालामा भएको फाइनल खेलमा काठमन्डौले चितवनलाई ६४ रनले हराएको हो । पहिलो ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा एक विकेटको नोकसानीमा १६२ रन जोड्न सफल भएको थियो। काठमाडौंको लागि कन्चन श्रेष्ठले सार्वधिक ७० रनको योग्दान गरेको थिइन। चितवनले भने २० ओभर ४ विकेटको नोकसानीमा ९८ रन मात्र जोड्न सक्यो।
नयाँ बर्ष २०७९ सालकाे अबसरमा श्री मरस्याङदी युवा क्लबले खुल्ला पुरूष फुटबल तथा महिला भलिबल प्रतियाेगिता आयोजना गर्ने भएको छ। नासो गाउपलिकाको तालमा अवस्थित खेल मैदानमा खुल्ला पुरूष फुटबल तथा महिला भलिबल प्रतियाेगिता बैशाख १ गते देखी सुरु हुने छ।