Author: gamekhabar

पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) खेल्न ३:३० बजे दिउसो पाकिस्तानबाट नेपाल आइपुगेका छन्। शाहिद अफ्रिदीले  ईपीएलमा सुरुवाती दुई खेल मात्र छन । शाहिद अफ्रिदीले ३९८ एकदिवसीय अन्तर्राष्ट्रिय, २७ टेस्ट र ९९ टि-२० अन्तर्राष्ट्रिय मा पाकिस्तानको प्रतिनिधित्व गरेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अफ्रिदीलाई ईपीएलका निर्देशक अमिर अख्तरले स्वागत गरे । शनिबारबाट शुरु हुने चौथो संस्करणको ईपीएल असोज २३ गतेसम्म चल्नेछ । काठमाडौँ किंग्स-११ टिम – सन्दिप लामिछाने ( कप्तान ) , राजु रिजाल, शेर मल्ल, अमित श्रेष्ठ, सुबास खकुरेल, सिद्धान्त लोहनी, , दिपेन्द्र रावत, संसाद शेख, आकाश चन्द, अमर सिंह रौटेला, जनक प्रकाश, रायन बर्ल, रहमनुल्लाह…

Read More

चितवन, असोज ५– बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपीएल)अन्तरगत चितवन टाइगर्सले अन्तिम टोली सार्वजनिक गरेको छ । चितवन टाइगर्सको कप्तान: सोमपाल कामी उपकप्तान: दिलीपनाथ स्वदेशी खेलाडीहरु: इशान पाण्डे, सन्दीप सुनार, राजेश पुलामी, भिम सार्की, हासिम अन्सारी, गौतम केसी, सागर ढकाल, कृजन गुरुङ  (ट्यालेन्ट हन्त मार्फत चितवन टाइगर्समा अनुबन्ध ) कमल सिंह ऐरी, खडक बोहरा, साहब आलम, देव खनाल विदेशी खेलाडीहरु: प्रशन्न सेक्कुगे (श्रीलंक) वीरनदीप सिंह (मलेसियन) मोहम्मद साहजाद (अफगानिस्तान) करिम जन्नत (अफगानिस्तानका) चितवनको हेड कोचमा सामसङजंग थापा रहेका छन् भने कोचमा पुरु सिंह, एसिसटेन्ट कोच एवंम म्यानेजरमा पुरेन्दु घोष रहेका छन् ।

Read More

केही दिन अगी काबुलबाट भाग्ने क्रममा अमेरिकी सैन्य विमानबाट केही मान्छेहरु खसेको भिडियोले सबैलाई तरङित पारेको थियो। काबुलबाट भाग्ने क्रममा अमेरिकी सैन्य विमानबाट खसेर मृत्‍यु हुनेमा त्यहाँको युवा फुटबलर जाकी अनवरी रहेको अफगान अधिकारीहरूले पुष्टि गरेका छन् । १९ वर्षीय जाकी अनवरीले अफगानिस्तानको युवा टोलीबाट फुटबल खेलेको बीबीसीले जनाएको छ ।

Read More

काठमाडौं– समाजिक सञ्जालमा मंगलबार बिहान एक विज्ञप्ति सार्वजनिक गर्दै पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्।

Read More

काठमाडाैं-  ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’को खेलमा फ्रान्सले घरेलु टाेली जर्मनीलाई ०-१ ले पराजित गरेकाे हाे। साविक उपविजेता फ्रान्सले १६औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेकाे छ। खेलको एक मात्र गोल जर्मन डिफेन्डर म्याट्स हमल्सले गरेका थिए र उक्त आत्मघाती गोल नै निर्णायक बनेकाे थियाे।

Read More

काठमाडौं । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको नेपाल सुपर लिग (एनएसएल)को पहिलो संकरणको उपाधि काठमाडौं रेजर्स एफसीले जितेको छ । शनिबार रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन प्रतियोगिताको सर्वाधिक गोलकर्ता मेसौके ओलोमोउले निर्णायक गोल गरेका थिए।

Read More

२२ वैशाख, काठमाडौं । यही वैशाख ४ देखि ११ गतेसम्म टीयू मैदानमा भएको त्रिकोणात्मक टी-२० सिरिजमा लगातार तीन अर्धशतक प्रहार गर्दै विश्वकीर्तिमान बनाएका नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को प्लेअर अफ दि मन्थ अवार्डको लागि मनोनयनमा परेका छन् । टी-२० डेब्युमै नेदरल्याण्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका कुशल सँगै पाकिस्तानका दुई खेलाडी बाबर आजम र फखर जमान पनि मनोनयनमा परेका छन । मनोनयनमा परेका कुशललाई भोटिङ गर्नका लागि आईसीसीको वेबसाइटमा गएर आफ्नो नाम र इमेल रजिस्टर गर्नुपर्नेछ ।

Read More
IPL

एजेन्सी । इन्डीएन प्रिमीयर लिग ( आईपीएल ) को १४ औं संस्करण अनिश्चित समयको लागि स्थगित भएको छ। भारतमा कोरोना भाईरसको संक्रमण बढेसँगै र क्लबका खेलाडी र अफिसियललाई कोरोना सन्क्रमण हुन थाले पछी बीसीसीआईले इन्डीएन प्रिमीयर लिग ( आईपीएल ) को १४ औं संस्करण अनिश्चित समयको लागि स्थगित गरेको हो । पछिल्लो पटक कोलकत्ता नाइट राईडर्सकावरुण चक्रवर्ती र सन्दीप वारियर, चेन्नई सुपर किङ्सका प्रमुख कार्यकारी कासी विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी र बसको सहायक  र सनराइजर्स हैदरावादका रिद्धिमान साहालाई कोरोना भाईरसको संक्रमण देखिएको छ । अहिले सम्मको खेल अनुसार जारी प्रतियोगितामा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । दिल्लीले ८…

Read More

१६ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई युवा तथा खेल्कुद मन्त्री बनाएका छन । गण्डकी प्रदेशमा बहुमत र अल्पमतको रस्साकसी चलिरहेको बेला मनाङ्गेलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको हो। खेल्कुदमा निकै रुची राख्ने दीपक मनाङ्गे आफ्नो जिल्ला मनाङमा हुने प्राय जस्तो खेल्कुदका कार्यक्रममा आँफै पुग्ने गर्दछन। सामाजिक विकास मन्त्रालयलाई फुटाएर नयाँ मन्त्रालयका रुपमा युवा तथा खेलकुद बनाइएको हो ।

Read More

काठमाडौंमा जारी नेपाल सुपर लिगमा पोखराको टिम पोखरा थन्डर्सले पहिलो जित निकालेको छ। थन्डर्सले बुधबार बिराटनगर सिटी एफसीमाथि १–० को महत्वपूर्ण जित निकाल्यो । पोखराको लागि एक मात्र गोल मार्की खेलाडी तथा कप्तान नवयुग श्रेष्ठले गरे । ८३औं मिनटमा गरेको एक मात्र गोलनै पोखराको लागि जित दिलाउन काफी भयो।

Read More