केही दिन अगी काबुलबाट भाग्ने क्रममा अमेरिकी सैन्य विमानबाट केही मान्छेहरु खसेको भिडियोले सबैलाई तरङित पारेको थियो। काबुलबाट भाग्ने क्रममा अमेरिकी सैन्य विमानबाट खसेर मृत्यु हुनेमा त्यहाँको युवा फुटबलर जाकी अनवरी रहेको अफगान अधिकारीहरूले पुष्टि गरेका छन् ।
१९ वर्षीय जाकी अनवरीले अफगानिस्तानको युवा टोलीबाट फुटबल खेलेको बीबीसीले जनाएको छ ।
