१६ चैत, काठमाडौं । नेपालले काठमाडौंमा सञ्चालित थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टिम सहभागी भएको थ्री नेसन्स कप फुटबलको सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । ८३ औं मिनेटमा महबुर रहमानले गोल गर्दै खेल २-१ को स्थितिमा पुर्याए ।
Author: gamekhabar
आईपीएल २०२१ को भारतको चेन्नाईमा जारी मिनी अक्सनमा नेपाली स्पिनर सन्दिप लामिछाने लाई किन्न कुनै पनि टिमले इक्षा देखाएनन । ४० लाख भारु बेस प्राइस राखेका सन्दिपले ३ सिजन दिल्लीमा बिताएपछि उनलाई दिल्लीले यो सिजन रिलिज गरेको थियो। २०१८ मा पहिलो पटक सन्दिपलामिछानेलाई २० लाख भारतीय रुपैयाँमा दिल्ली क्यापिटलले भित्र्याएको थियो।
भुतपूर्व अष्ट्रेलियन क्रिकेट खेलाडी डेभ ह्वाटमोर नेपाल क्रीकेट टिमको कोचमा नियुक्त भएका छन। क्यान आज एक बिग्यप्ती मार्फत उक्त नियुक्तीको जानकारी दिएको हो । डेभ का साथै रौनक कुमार मल्ल जनरल म्यानेजर, रमेश कुमार न्यौपाने चिफ फाइनन्स अफिसर र बिनोद कुमार दास क्रिकेट म्यानेजरमा नियुक्त भएका छन ।
मनाङले पहिलो मनाङ नेसाङ कप फुटबल प्रतियोगिताको फाईनल खेलमा हुम्देलाई १–० पराजित गर्दै नेसाङ कपको उपाधि जितेको छ । मुङ्गजी गाँउको फुटबल मैदानमा सोमबार भएको फाइनलमा एक मात्र निर्णायक गोल तेन्जिङ गुरुङले गरेका थिए ।। उपाधि सहित मनाङले २५ हजार र उपबिजेता हुन्देले १५ हजार प्राप्त गरेको छ । प्रतियोगिता अवधिभर चार गोल गरेका अमन खड्का उत्कृष्ट खेलाडी घोषित भए । लिग कम नकआउट प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो ।
लेग स्पिनर सन्दिप लामिछानेलाई कोरोना भाइरस सन्क्रमन भएको छ । सन्दिप आँफैले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना पोजिटिभ भएको बताएका हुन् ।
मनाङको ३३ सय ५० मिटर उचाइमा रहेको मुङ्गजी गाँउमा पहिलो भ्राका नेसाङ फुटबल लिग शुरु भएको छ । ६ टिम सम्मिलित प्रतियोगिता मुङ्गजी गाँउको फुटबल मैदानमा भएको उद्घाटन खेलमा हुम्देले आयोजक भ्राका युवा क्लबलाई १–० ले स्तब्ध पार्यो । अर्को खेलमा मनाङ ए ले पिसाङ युवा क्लबलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो । मनाङ ए को लागि सोनाम ढोन्डुपले दुई गोल, अमन खड्का र तेन्जिङ गुरुङले १–१ गोल गरेका थिए । प्रतियोगिताको उद्घाटन प्रदेश सभाका सभासद दिपक मनाङेले गर्नु भएको थियो ।
फुटबल लेजेन्ड म्याराडोनाको मृत्यु भएको छ। अर्जेन्टिनाका चर्चित फुटबल लेजेन्ड डिएगो म्याराडोनाको हृदयघातका कारण मृत्यु भएको संचार माध्यमहरुले जनाएका छन। फुटबलका महान् हस्ती म्याराडोनाले अर्जेन्टिनालाई सन १९८६को वर्ल्ड कप जिताएका थिए । म्याराडोनाले उक्त वर्ल्ड कपमा उच्च्तम खेल प्रस्तुत गर्दै गोल्डेन बल जितेका थिए। उनले बोका जुनियर, नापोली र बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलेका थिए ।
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र बसन्त रेग्मीलाई कोरोना संक्रमण देखिएको छ। बन्द परीक्षणमा सहभागी हुन कोरोना परीक्षण गराएका अरु सबै खेलाडीको कोरोना नेगेटिभ देखिएको छ।
काठमाडौं– नेपालमा प्रशारण हुने विदेशी च्यानल विज्ञापनरहित (क्लिन फिड) नियम लागू भएको छ। अब भने नेपालीमा अधिकान्स बिदेसी च्यानलहरुको प्रशारण तत्कालका लागि रोकिएको छ। यो सँगै हाल चलिरहेका इन्डियन प्रिमियर लिग (आइपिएल) र इंग्लिस प्रियमियर लिग (इपिएल) नेपालमा हेर्न पाइने छैन। भारतीय टेलिभिजन नेटवर्कहरु ‘जी’ र ‘सोनी’ अन्तर्गतका च्यानलहरु भने विज्ञापनरहित कन्टेन्टमा आएकाले प्रशारण रोकिएको छैन।
काठमाडौं- क्रिकेट खेलाडी ललितसिंह भण्डारी डिस्चार्ज भएका छन। । भदौ २८ गते कञ्चनपुरमा से १ ख १३२४ नम्बरको ट्रकसँग म २ प ४७०५ नम्बरको मोटरसाइकल ठक्कर हुँदा उनी घाइते भएका थिए। उपचार सफल भएपछि खेलाडी ललितसिंह भण्डारी मंगलबार ग्रान्डी इन्टरनेसनल अस्पतालबाट डिसचार्ज भएका हुन। Featured Image Source: NepalLive