काठमाडौं– नेपालमा प्रशारण हुने विदेशी च्यानल विज्ञापनरहित (क्लिन फिड) नियम लागू भएको छ। अब भने नेपालीमा अधिकान्स बिदेसी च्यानलहरुको प्रशारण तत्कालका लागि रोकिएको छ।
यो सँगै हाल चलिरहेका इन्डियन प्रिमियर लिग (आइपिएल) र इंग्लिस प्रियमियर लिग (इपिएल) नेपालमा हेर्न पाइने छैन। भारतीय टेलिभिजन नेटवर्कहरु ‘जी’ र ‘सोनी’ अन्तर्गतका च्यानलहरु भने विज्ञापनरहित कन्टेन्टमा आएकाले प्रशारण रोकिएको छैन।