काठमाडौंमा जारी नेपाल सुपर लिगमा पोखराको टिम पोखरा थन्डर्सले पहिलो जित निकालेको छ। थन्डर्सले बुधबार बिराटनगर सिटी एफसीमाथि १–० को महत्वपूर्ण जित निकाल्यो ।
पोखराको लागि एक मात्र गोल मार्की खेलाडी तथा कप्तान नवयुग श्रेष्ठले गरे । ८३औं मिनटमा गरेको एक मात्र गोलनै पोखराको लागि जित दिलाउन काफी भयो।
