६ चैत, काठमाडौं । यही चैत १६ गतेदेखि सुरु हुने नेपालको एकमात्र फ्रेन्चाइज फुटबल लिग ‘नेपाल सुपर लिग’ एनएसएलको तेस्रो संस्करण हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । उद्घाटन खेल दुई पूर्व विजेता ललितपुर सिटी र काठमाडौं रेजर्सबीच चैत १६ गते हुनेछ ।
एन्फाको प्राविधिक सहयोगमा आयोजना हुने एनएसएल २०८२ साल बैशाख १३ गतेसम्म चल्नेछ । एनएसएलमा साविक विजेता ललितपुर सिटी एफसीसहित काठमाडौं रेजर्स, झापा एफसी, एफसी चितवन, पोखरा थण्डर्स, धनगढी एफसी र बुटवल लुम्बिनी एफसीले प्रतिस्पर्धा गर्नेछ । दशरथ रंगशालमा हुने एनएसएलमा दिउँसोका खेल साढे २ बजे तथा साँझका खेलहरू ६ बजेदेखि सुरु हुनेछन् ।
