एजेन्सी । इन्डीएन प्रिमीयर लिग ( आईपीएल ) को १४ औं संस्करण अनिश्चित समयको लागि स्थगित भएको छ। भारतमा कोरोना भाईरसको संक्रमण बढेसँगै र क्लबका खेलाडी र अफिसियललाई कोरोना सन्क्रमण हुन थाले पछी बीसीसीआईले इन्डीएन प्रिमीयर लिग ( आईपीएल ) को १४ औं संस्करण अनिश्चित समयको लागि स्थगित गरेको हो ।
पछिल्लो पटक कोलकत्ता नाइट राईडर्सकावरुण चक्रवर्ती र सन्दीप वारियर, चेन्नई सुपर किङ्सका प्रमुख कार्यकारी कासी विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी र बसको सहायक र सनराइजर्स हैदरावादका रिद्धिमान साहालाई कोरोना भाईरसको संक्रमण देखिएको छ । अहिले सम्मको खेल अनुसार जारी प्रतियोगितामा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ ।
Featured Image: BCCI/IPL
