१९ असोज, काठमाडौं । पहिलो खेलमा आयोजक माल्दिभ्सलाई हराएको नेपालले माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा श्रीलङ्कालाई पनि पराजित गरेको छ । नेपालले श्रीलङ्कालाई ३-२ गोलअन्तरले पराजित गरेको हो ।
नेपालका लागि सुमन लामा (३३औँ मिनेट), अन्जन विष्ट (५१औँ मिनेट) र आयुस घलानले (८६औँ मिनेट) एक/एक गोल गरे । श्रीलङ्का लागि मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक/एक गोल गरे ।
