काठमाडौं– बलात्कार घटनामा जोडिएका क्रिकेटर सन्दीप लामिछानेलाई रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। नाबालिगलाई बलात्कार गरेको आरोप लागेको सन्दीप लामिछानेलाई न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो।
नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । सन्दिपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।
