एजेन्सी । शनिबार राति भएको एफए कप फुटबलको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सी उपाधि नजिक पुगेको हो । चेल्सीलाई जित दिलाउन हाकिम जिएचले निर्णायक गोल गरे ।

मे १५ मा हुने फाइनल खेलमा चेल्सीले उपाधिका लागि लेष्टर सिटी र साउथह्याम्पटनबिचको विजेतासँग खेल्नेछ ।