२ वैशाख, काठमाडौं । वैशाख ११ देखि सुरु हुने नेपाल सुपर लिगका लागि विशाल राई मार्की प्लेअर रहेको धनगढी एफसीमा नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आइकोनिक प्लेअरको रुपमा धनगढी एफसीमा अनुबन्ध भएका छन् । एनएसएलको फ्रेन्चाइज धनगढी एफसीका मालिक सुबास शाही र किरणले सम्झौतापत्रमा विहीबार हस्ताक्षर गरेका छन।
नेपाल सुपर लिगमा विराटनगर सिटी फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, धनगढी एफसी र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
धनगढी एफसी:
गोलकिपर : किरण चेम्जोङ, टेकेन्द्र थापा
डिफेण्डर : दिनेश राजवंशी, अशोक खवास, विवेक बस्नेत, निराजन महर्जन, निशान खड्का, युद्ध शाही
मिडफिल्डर : विशाल राई , पुजन उपरकोटी, रुपेश केसी, साउजन राई, योगेश गुरुङ
फरवार्ड : ओलावाले आफिज (विदेशी खेलाडी), विजय श्रेष्ठ, दर्शन गुरुङ, टंक बस्नेत,