काठमाडाैं- आयाेजक नेपालले त्रिदेशीय टी २० क्रिकेट सिरिज जितेको छ। आज शनिबार भएकाे फाइनल खेलमा नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हाे।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रन जोड्यो। नेपालको लागि सुरु देखीनै निकै उत्कृष्ट लयमा रहेका कुशल भुर्तेलले ५३ बलमा ७७ रनको योग्दान गरे, साथै कुशल मल्ल २४ बलमा २ चौका र ५ छक्कासहित ५० रनमा अविजित रहे।
त्यस्तै, दिपेन्द्र सिंह ऐरी १८ बलमा ५ चौका र ३ छक्कासहित ४८ रन बनाएर अविजित रहे।
२३९ रनकाे बिशाल लक्ष्य पछ्याएकाे नेदरल्याण्ड्स १७.२ ओभरमा १० विकेट गुमाउँदै ९६ रनमै समेटियाे।