काठमाडाैं– थ्रि नेसन्स कप क्रिकेट सिरिजअन्तर्गत आयाेजक नेपाललाई तेस्राे खेलमा नेदरल्यान्ड्सले पराजित गरेको छ। । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पहिलो ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएपछि नेदरल्याण्ड्सलाई २०७ रनको लक्ष्य दिएको थियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रनको योगदान दिए ।
नेदरल्यान्ड्सविरुद्धकै पहिलो खेलमा डेब्यु गरेका कुशल भुर्तेलको यो लगातार तेस्रो अर्धशतक हो। नेपालले दिएको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमै पुरा गरेको थियो। लक्ष्य पुरा गर्ने क्रममा नेदरल्यान्ड्सले ७ विकेट गुमाएको थियो। नेदरल्याण्डका लागि बास डी लिड ले ४२ बलमा ७ चौका र ५ छक्का हिर्काउँदै ८१ रन बनाए ।