दोश्रो खेलमा पाकिस्तानलाई १९ रनले हराउदै घरेलु टोलि जिम्बाब्वेले तिन वटा टि-२० को सिरिज १-१ को बराबरी गरेको छ। टि-२० फर्म्याटमा पाकिस्तानलाई पहिलो पटक पराजित गरेको जिम्बाब्वेले पहिलो ब्याटिङ गरेर ११९ रनको लक्ष्य दिएको थियो।
हरारे स्थित हरारे स्पोर्ट्स क्लबमा सम्पन्न खेलमा पाकिस्तानले १९.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो। सिरिजको तेश्रो तथा निर्णायक टि-२० आइतबार खेलिनेछ।