काठमाडौं । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको नेपाल सुपर लिग (एनएसएल)को पहिलो संकरणको उपाधि काठमाडौं रेजर्स एफसीले जितेको छ । शनिबार रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन प्रतियोगिताको सर्वाधिक गोलकर्ता मेसौके ओलोमोउले निर्णायक गोल गरेका थिए।
