नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले एभरेष्ट प्रिमियर लिग (ईपिएल) टि-२० क्रिकेट नखेल्ने भएका छन् ।ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै खेल्न नसक्ने बताएका छन् ।
ललितपुर प्याट्रीयट्सले बिहीबार ज्ञानेन्द्रले चौंथो संस्करणको प्रतियोगिता नखेल्ने जनाएको छ । ज्ञानेन्द्र मल्ल ललितपुर प्याट्रीयट्सको कप्तान समेत रहेका थिए र अघिल्लो संस्करणको ललितपुरले उनको कप्तानीमा उपाधि जितेको थियो ।
