१६ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई युवा तथा खेल्कुद मन्त्री बनाएका छन । गण्डकी प्रदेशमा बहुमत र अल्पमतको रस्साकसी चलिरहेको बेला मनाङ्गेलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको हो। खेल्कुदमा निकै रुची राख्ने दीपक मनाङ्गे आफ्नो जिल्ला मनाङमा हुने प्राय जस्तो खेल्कुदका कार्यक्रममा आँफै पुग्ने गर्दछन। सामाजिक विकास मन्त्रालयलाई फुटाएर नयाँ मन्त्रालयका रुपमा युवा तथा खेलकुद बनाइएको हो ।
