काठमाडौं– युइएफए च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गतकोे पहिलो लेगमा इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल मड्रिड बराबरीमा रोकिएका छन। मंगलबार राति भएको खेलमा क्रिस्टियन पुसिसिसको गोलबाट चेल्सीलाई २९औं मिनेटमा बेन्जिमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको थियो।
दोस्रो लेग ६ मेमा चेल्सीको मैदानमा हुनेछ । दोस्रो लेग ६ मेमा चेल्सीको मैदानमा हुनेछ । उक्त खेलमा चेल्सीलाई फाइनलमा प्रवेश गर्नको लागि बराबरीनै काफी छ भने रियलले फाइनल प्रवेशका लागि कम्तीमा पनि १–० को जित निकाल्नुपर्नेछ।
