४ वैशाख, काठमाडौं । नेपालले त्रिकोणात्मक अन्तराष्ट्रिय टी २० सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले हराएको छ । टी२० अन्तर्राष्टियकाे डेब्यू खेलमै अर्धशतक बनाएका कुशलले आसिफसँग पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरे । आशिफले पनि ३६ बलमा चार चौका र चार छक्काको मद्दतले अर्धशतक पुरा गरे ।

टस हारेर ब्याटिङको निम्तो पाएको डच टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३६ रन बनाएको थियो । सन्दीप लामिछाने ४ ओभरमा २२ रन खर्चिएर २ विकेट लिए । जवाफमा नेपालले १५ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।
तस्बिर सौजन्य: CAN