भिभोले आईपीएलको टाइटल स्पन्सरसिप नगर्ने भएको छ । भारत र चिनको बीच तनावका कारण भिभोले यो वर्ष इन्डियन प्रिमियर लिग टि-२० को स्पन्सरसिप नगर्ने भएको छ ।
कोरोनाको कारण आईपीएल १९ सेप्टेम्बर देखि १० नोभेम्बरसम्म युएईमा हुने छ। महामारीको कारण अर्थिक समस्या पर्न सक्ने आकलन गरिएको इन्डियन प्रिमियर लिगलाई अब फेरी अर्को स्पोन्सर खोज्नु पर्ने आपत आएको छ।
यो भन्दा अगि पेप्सीले प्रायोजन गरेको आईपीएल सँग भिभोले सन् २०१७ मा २,१९९ करोड भारतीय रुपैयाँमा प्रायोजन सम्झौता हाँसिल गरेको थियो।