१७ मंसिर, काठमाडौं । जारी नेपाल प्रिमियर लिगमा काठमान्डु गुर्खाजलाई चितवन राइनोजले ५ विकेटले हराएको छ । काडमान्डुले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो । सोहेन तनविरले ५ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो ।
