चितवन — भरतपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको रनिङ ट्रफी अर्किड स्कुललेले जितेको छ । । शनिबार सम्पन्न फाइनल खेलमा वाल्मीकि शिक्षा सदनलाई २० रनले पराजित गर्दै अर्किड ले रनिङ ट्रफी जित्ने पहिलो टिम भएको छ ।
मेयर्स कपको फाइनल खेलमा टस जितेर अर्किडले ब्याटिङ रोजेको थियो । निर्धारित २० ओभर पूरै खेल्दै अर्किडले ६ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको वाल्मीकि शिक्षा सदनले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय १० रनमात्रै जोड्न सक्यो । रामपुरमा निर्माणाधीन क्रिकेट रंगशालाको नमुना खेल मैदानमा सञ्चालन भएको प्रतियोगिताका विजयी टिम र उत्कृष्ट खेलाडीहरुलाई भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले रनिङ ट्रफीका साथै प्रमणपत्र वितरण गरिन् ।
