क्रिकेटर ललित भण्डारी ‘खतरामुक्त’ भएका छन् । आइतबार धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रकले क्रिकेटर ललित भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा क्रिकेटर भण्डारीसहित उनको नातेदार करन ठगुन्ना पनि घाइते भएका थिए ।

क्रिकेटर ललित सिंह भण्डारीलाई थप उपचारको लागि काठमाडौँ ल्याइएको छ। हाल उन्को काठमाडौंमा रहेको ग्रान्डी अस्पतालमा उपचार हुँदै छ।
उनको खुट्टा र हातको अप्रेसन गर्नु पर्ने भएको छ।