२९ असोज, काठमाडौं । नेपाल लगातार दोस्रो पटक टी-२० विश्वकपका लागि छनोट भएको छ । नेपालले सुपर सिक्समा युएई र कतारलाई हराएर दुई खेल अगावै विश्वकपमा स्थान बनाएको हो। सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको नेपालले दश वर्षको प्रतिक्षापछि २०२४ मा दोस्रो पटक खेलेको थियो ।
