नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी-२०आई खेलमा ऐतिहासिक जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएको हो ।
