काठमाडौं । अमेरिकी क्रिकेट बोर्ड अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को निलम्बनमा पारेको छ । बारम्बार विधानअनुसारका दायित्व पूरा नगरेको भन्दै आइसिसी बोर्ड बैठकलले अमेरिकाको सदस्यता खारेज गरेको हो । अमेरिकी क्रिकेटले शासन संरचना सुधार नगरेको, अमेरिकाको ओलम्पिक तथा प्यारा–ओलम्पिक समितिसँग राष्ट्रिय निकायको मान्यता लिन प्रगति नगरेको र विभिन्न गतिविधिले विश्व क्रिकेटमै बदनाम पारेको आरोप आईसीसीले लगाएको छ। यसअघि २०२४ को वार्षिक साधारण सभामा अमेरिकी क्रिकेटलाई ‘अन नोटिस’ मा राखिएको थियो तर निर्देशन अनुसारका सुधार नगरेकाले अहिले सदस्यबाट हटाइएको हो ।
सदस्यता निलम्बन भए पनि अमेरिकी राष्ट्रिय टोली भने आगामी प्रतियोगिताहरू र २०२८ मा हुने ओलम्पिकका तयारीमा सहभागी हुनेछन्। ती टिमको व्यवस्थापन अब अस्थायी रूपमा आइसीसी वा त्यसका प्रतिनिधिले गर्नेछन्।
