२४ जेठ, काठमाडौं । एक वर्षअघि अमेरिका र क्यारेबियामा भएको पुरुष टी–२० विश्वकपमा सहभागिता जनाएका ओमानका अधिकांश क्रिकेट खेलाडी पुरस्कार रकम माग्दा टिमबाट निकालिए को कुरा अहिले बाहिर आएको छ। विश्वकपमा सहभागी भएबापतको पुरस्कार रकम उनीहरूले पाएका थिएनन् । ओमान क्रिकेट बोर्डले खेलाडीलाई दिइनुपर्ने २ लाख २५ हजार अमेरिकी डलर नदिएपछि त्यसबारे आवाज उठाउँदा खेलाडीहरू टिममा मात्र हैन, देश बाटनै निकाला हुनु परेको छ। सन् २०२४ को टी–२० विश्वकपमा १३औंदेखि २०औं स्थानमा पर्ने टिमहरूलाई आईसीसीले २ लाख २५ हजार डलर पुरस्कार दिने घोषणा गरेको थियो।
