२२ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले स्पट फिक्सिङको आरोपमा प्रतिबन्धित क्रिकेट खेलाडी मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा गरेको छ। अब उनले पुनः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्। क्यानको इन्टेग्रिटी कमिटीले आवश्यक प्रक्रिया पुरा गरी प्रतिबन्ध फुकुवा गर्न सिफारिस गरेपछि क्यानले सो सिफारिसको आधारमा २०८२ वैशाख २१ गतेदेखि लागु हुने गरी मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा गरेको हो।
२०७९ पुस ९ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुर, काठमाडौंमा क्यानले आयोजना गरेको नेपाल टी-२० क्रिकेट लिग प्रतियोगिता दौरान स्पट फिक्सिङको आरोप लागेका आलमलाई एन्टी करप्सन कोड अनुसार बमोजिम कुनैपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाइएको थियो।
