राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल प्रिमियर लिग (एनपिएल)मा भएको अनियमितता छानबिन गर्न समिति गठन गरेको छ । राखेपका सदस्यसमेत रहेका अञ्जन धमलाको संयोजकत्वमा बुधबार तीन सदस्यीय समिति गठन गरिएको हो । सदस्यमा सारंगी निरौला र कमला दाहाल रहेका छन् । सदस्यसचिवस्तरीय निर्णयअनुसारै समितिलाई १५ दिनभित्र एनपिएलमा भएको अनियमितताबारे प्रतिवेदन बुझाउन निर्देशन दिइएको हो । क्यानले एनपिएलमा अवैध रूपमा विदेशी कम्पनी ल्याउनेदेखि अपारदर्शी कारोबार गरेको भनी युवा तथा खेलकुद मन्त्रालय, राखेप तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।
