सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्स लगातार दोस्रो जित हात पारेको छ । सोमवारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य जनकपुर बोल्ट्सले १५.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुरका लागि ओपनर तथा कप्तान अनिलले सर्वाधिक ६२ रन बनाए । अनिलको यो अर्धशतक प्रतियोगितामा नेपाली ब्याटरले बनाएको पहिलो अर्धशतक हो ।
