नेपाली यु१९ महिला राष्ट्रिय टोलीकी कप्तान पूजा महतो जनकपुर बोल्ट्सलको फेस अफ द बोल्ट्स नियुक्त भएकी छिन् । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले सोमवार पूजालाई फेस अफ द बोल्ट्समा नियुक्त गरेको हो । केही समय अगी पुजाको कप्तानीमा नेपाल पहिलो पटक यु १९ विश्वकपमा छनोट भएको थियो ।
एनपिएल नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ । एनपिएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
