काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । बिहीबार बिहान सम्पन्न दोस्रो खेलमा ओमानसँग नेपाल एक विकेटले पराजित भएको हो। क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले आइसिसी विश्वकप लिग-२ मा लगातार दोस्रो हार बेहोरेको छ। यसअघि नेपाल घरेलु टोलीसँग १०३ रनले पराजित भएको थियो। नेपालले दिएको दुई सय २० रनको लक्ष्य ४९ दशमलव ५ ओभरमा नौ विकेटको क्षतिमा भेट्टाउँदै ओमानले जित हासिल गरेको हो ।
