काठमाडौं। श्रीलंका डेभ्लपमेन्टसँग अभ्यास खेलमा नेपाल पराजित भएको छ। शुक्रबार भएको खेलमा नेपाल श्रीलंका डेभ्लपमेन्टसँग पाँच विकेटले पराजित भएको हो। नेपालले दिएको १६० रनको लक्ष्य श्रीलंका २६.५ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो।
श्रीलंकाका क्रिसन सन्जुलाले सर्वाधिक ६८ रन बनाए। नेपालका गुलसन झा र कप्तान सोमपाल कामीले समान दुई विकेट लिए। टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ४० ओभरमा सबै विकेट गुमाउँदै १५९ रन बनाएको थियो। नेपालका कुशल भुर्तेलले सर्वाधिक ४३ रन बनाए।
