आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बार्बाडोसको केन्सिङ्टन मैदानमा आज भएको खेलमा नामिबिया विजयी भएको छ । नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको हो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको नामिबियाले २१ रन बनाएको थियोभने ओमान १० रनमा सीमित रह्यो । त्यसअघि ओमानले दिएको एक सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाएर एक सय नौ रन बनाएपछि खेल सुपरओभरमा पुगेको हो । नामिबियाका लागि जान फ्रिलिङ्कले ४८ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ४५ रन बनाए ।
