काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा पारसले उमेश पियालाई पराजित गर्दै बिजयी भएका थिए। । पारसले २३ मत पाउदा उमेशले १४ मत प्राप्त गरे । उपाध्यक्षमा प्रेम क्षेत्री विजयी भए । सचिवमा प्रशन्न शाक्य निर्वाचित भए । सन्जय बस्नेत कोषाध्यक्षमा निर्वाचित भए । उनले विजय बोहरालाई पछि पारे । साथै सदस्यमा अजयवीर पाण्डे, अनिल अधिकारी, सन्जोक पोखरेल, सुजन महर्जन, निरा राजोपाध्यय, धिरज श्रेष्ठ, शेखर श्रेष्ठ, बसन्तराज सत्याल र अनुजमान श्रेष्ठ निर्वाचित भए।
