नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंमा आजदेखि नियमित सुनुवाइ हुँदैछ। नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । मुलुकी अपराध संहिता ऐन, २०७४ को करणीसम्बन्धी व्यवस्थामा १८ वर्षमुनिका बालिकासँग सहमतिमै यौन सम्पर्क गरे पनि बलात्कार मानिन्छ । जसमा १६ देखि १८ वर्षसम्मको बालिकासँग यौन सम्पर्क भए १० देखि १२ वर्षसम्म कैदको व्यवस्था छ ।
