बंगलादेशमा हुने १५ वर्षमुनिको साफ च्याम्पियनसिप खेल्न नेपाली टोली आज आज (शनिबार) बंगलादेश जाँदैछ । १५ वर्षमुनिको साफ महिला च्याम्पियनसिप कार्तिक १५ गतेदेखि २५ गतेसम्म बंगलादेशमा हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ, राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले खेलाडीहरुलाई बिदाइ गरेका हुन् । च्याम्पियनसिपमा घरेलुटोली बंगलादेशसहित नेपाल र भुटान गरी तीन टिमले प्रतिस्पर्धा गर्नेछन् । नेपालले कार्तिक १७ गते भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुआत गर्नेछ ।
