काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन् । दोहाबाट कतार एयरवेजको जहाजमार्फत आज बिहान नेपाल फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको हो ।
स्वदेश फर्किएका सन्दिपका लागि यो पटक भने अली फरक माहोल रहेको थियो। नेपाल छोडेर जादा फुलमाला र खादाले छोपिने सन्दिप, देश फर्किदा भने हत्कडीमा रहेका थिए। उनीविरुद्ध इन्टरपोललबाट ‘डिफ्युजन नोटिस’ जारी भएको थियो ।
सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौंको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ ।
