१४ फागुन, काठमाडौं । मच्छिन्द्रले शनिबार अन्तिम खेलमा एपीएफलाई २-१ ले पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग २०७८ च्याम्पियन बनेको छ । २०७६ मा पहिलो पटक लिग च्याम्पियन बनेको मछिन्द्रले लगातार दोस्रो पटक उपाधि जितेको हो । मछिन्द्रले लिग उपाधिसंगै नगद ७५ लाख रुपैयाँसमेत जितेको छ ।
शनिबारै भएकाे खेलमा मनाङ मर्स्याङ्दीसंग १-१ काे बराबरी खेल्दै त्रिभुवन आर्मी एफसीले दाेस्राे स्थान पक्का गर्यो । यस्तै एनआरटी नेपाल पुलिस क्लबलाई ३-१ ले हराएर तेस्राे भयाे । दोस्रो र तेस्रो भएको ले क्रमस ५० लाख र २५ लाख नगद प्राप्त गरेका छन।
