काठमाडौँ- कैलालीमा सम्पन्न नेपाल क्रिकेट संघ (क्यान)को साधारण सभाले कर्णाली प्रदेशका सल्यान, रुकुम पश्चिम, दैलेख र कालिकोटलाई सदस्यको मान्यता दिएको छ । धनगढि, कैलालीमा सम्पन्न नेपाल क्रिकेट संघको बार्षिक साधारणको उद्घाटन सत्रमा माननीय युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराज, नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मी, पूर्व उपाध्यक्ष एवम् सल्लाहकार नरेश श्रेष्ठ, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक बहादुर सिंह, युवा तथा खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मीले शुभकामना मन्तव्य प्रदान गरेका थिए।
